मानसिक अस्पताललाई मनोचिकित्सा र मानसिक स्वास्थ्यको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त उत्कृष्टता केन्द्रको रूपमा स्थापना गर्ने।
मानसिक स्वास्थ्य सेवा, शिक्षा, अनुसन्धान र पुनःस्थापनामार्फत सम्पूर्ण जनताको जीवनस्तर सुधार गर्ने।
सरकारसँग सहकार्य गर्दै मानसिक स्वास्थ्य कार्यक्रमहरूका लागि नीति निर्माण, योजना र अनुगमनमा परामर्श सेवा प्रदान गर्ने।
मानसिक स्वास्थ्यका विभिन्न क्षेत्रमा तालिम प्रदान गरी दक्ष मानव संसाधन विकास गर्ने।
मानसिक स्वास्थ्य साक्षरता प्रवर्द्धन गर्ने र मानसिक रोगसँग जोडिएको कलंक न्यूनीकरण गर्ने।
मानसिक स्वास्थ्य सेवामा विशेषज्ञता विकास गर्ने र हेरचाहका मापदण्डहरू निर्धारण गर्ने।
मानसिक स्वास्थ्य र समग्र जीवनको गुणस्तर सुधार गर्न योगदान पुर्याउने।
प्रमाणमा आधारित अभ्यास र अनुसन्धानलाई प्रवर्द्धन गर्ने।
बाल मानसिक स्वास्थ्य, दुर्व्यसनमुक्त, जेरियाट्रिक, फोरेन्सिक लगायतका मनोचिकित्सा उप-विशेषता क्लिनिकहरू सञ्चालन गर्ने।
मानसिक अस्पताललाई मानसिक स्वास्थ्य, शिक्षा र अनुसन्धानका लागि राष्ट्रिय केन्द्र तथा समन्वय संस्थानको रूपमा विकास गर्ने।
मानसिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि पुनःस्थापना केन्द्र स्थापना गर्ने।
लतमुक्त सेवाका लागि राष्ट्रिय केन्द्रको रूपमा विकास गर्ने।