नेपाल सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

मानसिक अस्पताल लगनखेल, ललितपुर

अस्पताल विकास समिति अध्यक्षको तर्फबाट

ललितपुर जिल्लाको मुटु लगनखेलमा रहेको मानसिक अस्पताल नेपालको एकमात्र केन्दि्रय स्तरको विशेषज्ञ सेवा भएको अस्पताल हो । यो अस्पतालले साँचिकै महत्वपूर्ण र जनहितमा सेवा दिदै आएको छ । हाल ५० शैयामा संचालनमा रहेको यस अस्पतालमा हरेक दिन सेवाग्राहीहरुको उच्च चाप रहेको छ । यस अस्पताललाई यसै वर्ष स्तरोन्ती गरी १५० शैया बनाउने प्रयासमा अस्पताल विकास समितिले यस अघि नै निर्णय गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वीकृतिको लागि पेश गरि सकिएको र आ.व. ०८०/८१ को बजेटमा पनि अस्पतालको स्तरोन्नतिको विषय समावेश भइसकेकाले स्तरोन्नती हुने कुरामा म विश्वस्त छ । स्तरोन्नति पछि माग अनुसार सेवा दिन, गुणस्तरीय सेवा प्रवाह गर्न, सेवालाई अधिकतम तहमा प्रबिधिमैत्री बनाउन र देशको सवै भन्दा ठूलो सुबिधा सम्पन्न मानसिक अस्पताल वनाई राषि्ट्रय तथा अन्तराषि्ट्रय स्तरको बनाउन सके हामी सवै नेपालीको लागी गौरवको कुरा हुने निशि्चत छ ।

अस्पताल बिकास समितिको प्रयास र अस्पतालको निर्देशकज्यू तथा बिशेषज्ञ चिकित्सक, स्वास्थ्य कार्मीहरु, लेखा, प्रशासन तथा ब्यवस्थापनमा खटिइने सवैको अथक मेहनत र परिश्रमले अस्पतालबाट दिइने, बाहिरङ, अन्तरङ, २४ सै घण्टा इमरजेन्सी सेवा, मनोपरामर्श, फार्मेसी, प्रयोगशाला, रेडियोलोजी, स्वास्थ्य बिमा, सामाजिक सेवा इकाइ, आत्महत्या रोकथाम तथा नियन्त्रण लगायतको अति महत्वपूर्ण सेवाहरु दैनिक सयौ सेवाग्राहीहरुमा प्रभावकारीरुपमा संचालनमा हुनु गर्वको कुरा हो ।

अन्तमा सम्बनि्धत सरकारी तथा गैरसरकारी निकायहरु, सरोकारवाला र नागरिक समाजको थप सहयोग र सुझावको अस्पताल बिकास समितिले सधैव अपेक्षा राख्दछ ।

श्री मधुकर तुलाधर
अध्यक्ष,
अस्पताल बिकास समिति
इ.मेल ठेगाना : dimanlalitpur@gmail.com