नेपाल सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

मानसिक अस्पताल लगनखेल, ललितपुर

हाल ५० शैयामा संचालनमा रहेको मानसिक अस्पताल नेपालको एक मात्र केन्दि्रय बिशिषि्टकृत मानसिक अस्पताल हो । नेपालमा सन १९६१ मा नेपालकै जेठो अस्पताल वीर अस्पतालबाट शुरु गरिएको मानसिक रोगको पहिचान तथा उपचार सेवा सन १९७१ मा १२ शैयामा संचालन भई सन १९८५ मा २५ शैयाको मानसिक अस्पतालको रुपमा वीर अस्पतालबाट स्थानान्तरण भई लगनखेलमा स्थापित भएपछि ५० शैयामा स्तरोन्ती गरी संचालन भएको र सेवाका क्षेत्रहरु बिस्तार हुदै आएको छ । यस अस्पतालको बहिरग्ां सेवामा हाल दैनिक १५० जनाको हाराहारीमा बिरामीहरुले सेवा लिने गरेका छन भने बिस्तारित बहिरगं सेवामा ३० जना तथा इमरर्जेन्सी सेवामा दैनिक औषत ५–७ जना .बिरामीहरु आउने गरेका छन । प्रायः सवै जसो समय अस्पतालमा भएका अन्तरङ्ग तथा इमरजेन्सीमा रहेका सवै शैयाहरु प्रयोग हुने अवस्था छ । देशका ७७ वटै जिल्लाबाट बिशेषज्ञ सेवाको लागी यस अस्पतालमा बिरामीहरु आउने गरेका छन । अस्पतालको सिमित भौतिक साधन श्रोत, तथा जनशकि्तहरुको अधिकतम उपयोग गरी सेवाग्राहीमैत्री वातावरणमा अस्पताल सुचारु राख्ने कुरामा मैलै र मेरो अस्पताल टिमले कुनै कसरत बाँकी राखेको छैन । अस्पतालको सेवाको गुणस्तर तथा बिरामी ब्यवस्थापन र सेवा प्रदान प्रणाली चुस्तदुरुस्त राख्न भरमक्दुर प्रयत्न गरिएको छ ।

उपचारात्मक सेवा बाहेक यस अस्पतालले विभिन्न महत्वपूर्ण कार्यक्रमहरु समेत समावेश गरी नियमित रुपले संचालन गर्ने गरेको छ । बि.स. २०६९ देखि चिकित्सा बिज्ञान राषि्ट्रय प्रतिष्ठान अन्तर्गत रही शैकि्षक कार्यक्रम एम्.डी. साइक्याट्री सुरु गरी हरेक बर्ष २ जना बिशेषज्ञ मनोचिकित्सकको उत्पादन भैरहेको छ । यस कार्यक्रमबाट उत्पादित दक्ष मनोचिकित्सकहरुले यसै अस्पताल लगायत देशका पूर्वदेखि पशि्चम सम्मका बिभिन्न अस्पतालहरुमा सेवा दिइरहनु भएको छ ।

दैनिक बिरामीको सेवा बाहेक यस अस्पतालमा सामुदायिक मानसिक स्वास्थ्य सेवा, आत्महत्या रोकथाम हेल्पलाइन ११६६, मेथाडोन मेन्टेनेन्स मौखिक प्रतिस्थापन उपचार सेवा, मानसिक स्वास्थ्य सम्बनि्ध तालिम तथा पुनर्ताजगी कार्यक्रमहरु, फरेनि्सक साइक्याट्री सम्बनि्ध परिक्षण तथा राय प्रदान गर्ने सम्बनि्ध सेवाहरु सुचारु छन भने सिविन नेपालसंगको सहकार्यमा यसैवर्षदेखि किशोर किशोरी लकि्षत मानसिक स्वास्थ्य सेवा कार्यक्रम पनि सुरु हुन गैरहेको छ ।

सबै प्रकारका सेवालाई सुचारु गर्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा महत्वपूर्ण नेतृत्वदायी भुमिकामा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा बिभाग, चिकित्सा बिज्ञान राषि्ट्रय प्रतिष्ठान लगायत अन्य सहयोगी हातहरु र दातृनिकायहरु प्रति हार्दिक आभार प्रकट गर्दछु । प्रस्तावित नयाँ भवन निर्माण र अस्पतालको शैया संख्या बृदि्ध गर्ने, स्तरोन्नती गर्ने र सेवा बिस्तार गर्ने हाम्रो प्रमुख पहलकदमी र योजना रहेकोले सम्बनि्धत सवैबाट सहयोगको लागी हार्दिक अपिल गर्दछु ।

धन्यबाद ।

डा. अनन्त प्रसाद अधिकारी
निर्देशक
(प्रमुख कन्सल्टेन्ट साइक्याटि्रष्ट, अधिकृत एघारौ, मानसिक अस्पताल लगनखेल)
इमेल ठेगाना  : drananta@gmail.com