नेपाल सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

मानसिक अस्पताल लगनखेल, ललितपुर

सामुदायिक मानसिक स्वास्थ्य सेवा

सामुदायिक मानसिक स्वास्थ्य सेवा कार्यक्रमः अन्तर्गत संचालित कार्यक्रमहरु ः

राष्टि्रय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ मा सामुदायिक योग प्राकृतिक तथा पुनस्थापना सेवा केनि्द्रय मानसिक अस्पतालमा प्रवन्ध गर्ने ब्यवस्था भए अनुसार यस अस्पतालमा सामुदायिक मानसिक स्वास्थ्य सेवा कार्यक्रमहरु संचालन गरिएको छ । यस अन्तर्गत निम्न कार्यक्रमहरु संचालीत छन ः

१.मानसिक स्वास्थ्य स्याटलाइट ओ.पि.डी. कार्यक्रम
२.टेलिमानसिक स्वास्थ्य कार्यक्रम
३. मानसिक स्वास्थ्य प्रर्वधन कार्यक्रम
४. आत्महत्या रोकथाम हटलाइन ११६६ सेवा संचालन कार्यक्रम

मानसिक स्वास्थ्य स्याटलाइट ओ.पि.डी. कार्यक्रमः
– हरेक महिनाको अनि्तम बिहीबारः मेथिनकोट अस्पताल काभ्रे ।
– हरेक महिनाको पहिलो बिहीबारः पशुपति चौलागाई स्मृति अस्पताल दोलखा
– हरेक महिनाको दाश्रो सोमबारः ति्रशुली अस्पताल नुवाकोट ।

टेलि मानसिक स्वास्थ्य कार्यक्रमः
संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा यस अस्पतालबाट स्वास्थ्यकर्मीकालागी मानसिक स्वास्थ्य सेवा प्रदान गर्न क्षमता अभिबृदि्ध कार्यक्रम संचालन गरिएको र सोका लागी श्रब्यदृष्य, टेलिफोन तथा अनलाइन सेवा सुचारु गरिएको छ । स्वास्थ्य संस्थाहरुले बिरामीहरुको उपचारको क्रममा आएका समस्या सम्बोधन गर्न अस्पताल खुल्ला रहने दिन बिहान १०.०० बजेदेखि १.०० बजे सम्म शुल्क नलाग्ने टेलिफोन ०१–५५३०००० को ब्यवस्था गरि सेवा दिइएको छ ।

मानसिक स्वास्थ्य प्रबर्घन कार्यक्रमः
मानसिक स्वास्थ्य सेवा क्षेत्रमा कृयासिल संघ संस्था तथा ब्याकि्तहरुसंगको सहकार्यमा मानसिक स्वास्थ्य सचेतनात्मक बिबिध कार्यक्रमहरु संचालन गर्ने गरिएको छ । विश्व आत्महत्या रोकथाम दिवस (10th September), विश्व मानसिक स्वास्थ्य दिवस (10th October) तथा विश्व अल्जाइमर्श दिवस (21st September) लगायतका दिवसको अवसरमा बिबिध कार्यक्रमहरु संचालन गरिन्छ । यसैगरी विभिन्न संचार माध्यमहरु मर्फत समेत अस्पताल तथा बिशेषज्ञहरुको तर्फबाट मानसिक स्वास्थ्य सम्बनि्ध कार्यक्रमहरुमा सकि्रय सहभागीता हुने गरेको छ ।

आत्महत्या रोकथाम हटलाइन ११६६ सेवा संचालन कार्यक्रम
संघीय संसद महिला तथा सामाजिक समितिको मिति २०७७ अषाढ १६ गते बसेको बैठकको निर्णयनुसार यस अस्पतालबाट २०७७ भाद्र २५ गतेदेखि अबिछिन्न रुपमा २४सै घन्टा आत्महत्या रोकथाम हेल्पलाईन ११६६ निःशुल्क परामर्श सेवा संचालनमा रहेको छ । हाललाई यो सेवा नेपाल टेलिकम नेटवर्कमा उपलब्ध छ ।