नेपाल सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

मानसिक अस्पताल लगनखेल, ललितपुर

सामाजिक सेवा एकाई

नेपाल सरकारले जारी गरेको सामाजिक सेवा एकाइ (स्थापना तथा संचालन) निर्देशिका, २०७८ को कार्यन्वयन गर्ने सिलसिलामा यस अस्पतालले पनि प्रत्येक नगरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हकको सुनिश्चितताकोलागी उक्त निर्देशिकाको परिच्छेद ३ दफा १९ बमोजिमका लकि्षत सेवाग्राहीहरु गरीव, हसहाय, अशक्त एवं अपाङ्गता भएका, जेष्ठ नागरिक, लैंगिक हिंसा पिडीत, गरीव तथा विपन्न नागरिक, विपद एवं प्राकृतिक प्रकोपबाट पिडीत, सिमान्तकृत, तथा लोपउन्मुख आदिवासी जनजाती, महिला स्वास्थ्य स्वयं सेविकाहरु, कुपोषित वालवालिका, प्रहरीले ल्याउने गरेका थुनुवा विरामी, शहिद परिवार आदि समेतलाई निशुल्क वा सहुलियत रुपामा यस अस्पतालबाट सेवा दिने ब्यवस्था मिलाइएको छ ।

यस एकाइको संचालन, ब्यवस्थापन तथा नेतूत्वको लागी यस अस्पतालमा पनि अस्पताल निर्देशक डा. अन्नत प्रसाद अधिकारी संयोजक तथा प्रमुख कन्सल्टेन्ट साइक्याटि्रष्ट डा.सुरज तिवारी सदस्य सचिव रहने गरी १० जना सदस्यहरु रहनेगरी सामाजिक स्वास्थ्य सुरक्षा ब्यवस्थापन समिति गठन गरिएको छ । साथै एकाइ देनिक संचालनको लागी अस्पतालको भुईतलामा छुटै कार्यकक्ष र सहजकर्ताको लागी बहिरङ बिभाग परिसरमा सहायता कक्षको ब्यवस्था गरिएको छ ।

निम्न आधारहरुबाट लकि्षत समुह पहिचान गरी यस अस्पतालबाट दिइने स्वास्थ्य सेवा निःशुल्क वा सहुलियत शुल्कमा कुनै पनि प्रकारका मानसिक स्वास्थ्य समस्या भएका सेवाग्राहीहरुलाई सहजै सेवा दिने ब्यवस्था मिलाइएकाृे छ ।

१.गरिव तथा बिपन्नको पहिचान भएकाहरुलाई अति गरिव भए पूर्ण निःशुल्क तथा गरीव ब्यकि्तलाई ५० प्रतिशत चेकजाँच परिक्षण तथा औषधि उपचारमा लागेको खर्च निःशुल्क हुने ब्यवस्था छ ।
२. क.बर्गको अपाङ्गता भएकाहरुलाई निःशुल्क तथा ख बर्गकाहरुको लागी चेकजाँच परिक्षण तथा औषधि उपचारमा लागेको खर्च ५० प्रतिशत निःशुल्क हुने ब्यवस्था छ ।
३.असहायहरुको अवस्था, तथा अ‍ैचित्य पहिचान गरी निःशुल्क उपचार गर्ने ब्यवस्था छ ।
४.ज्येष्ठ नागरिकहरुको परिचय पत्रका आधारमा ५० प्रतिशत निशुल्क देखि औषधि उपचारमा लागेको खर्च पुर्ण निःशुल्क सम्म हुने ब्यवस्था छ ।
५.साथै लैंगिक हिंसाबाट प्रभावित, गरिव आकसि्मक विरामी, बिपद् एंव प्राकृतिक प्रकोप पिडीत, सिमान्तकृत तथा लोपोन्मुख आदिवासी जनजाति, महिला स्वास्थ्य स्वयंसेविका, कुपोषित बालबालिका, प्रहरीले ल्याएका थुनुवा बिरामी र शहिद परिवार समेत बाट सेवा लिन आउने विरामीहरुलाई निर्देशिकामा ब्यवस्था भए बमोजिम निशुल्क औषधि उपचार सेवा दिइन्छ ।

दैनिक गरिने कार्यहरु ः

१.अन्य अस्पताल एवं स्वास्थ्य संस्थाबाट प्रेषण भई आएका र सोझै अस्पतालमा आउने सेवाग्राहीहरु मध्येवाट लकि्षत समूह पहिचान गर्ने ।
२.अस्पतालको बहिरंग, अन्तरंग र आकसि्मक विभागमा सेवा लिन आएका लकि्षत समूहका विरामीहरुको पहिचान गरी सेवा प्रदान गर्ने ।
३.निःशुल्क वा आंशिक छुट दिनुपर्ने विरामीहरुलाई उपचारको क्रममा मुल्याङ्कन गरी सेवा उपलब्धताको सुनिशि्चत गर्ने ।
४. निःशुल्क वा आंशिक छुट सेवा पाएका विरामीहरुको अभिलेख तथा प्रतिवेदन कार्य गर्ने
५.वेवारिसे, हसहाय, सहाराविहिन, अशक्त एवं अपाङ्गता भएका विरामीहरुलाई दूर्तरुपमा सेवा प्रदान गर्ने