नेपाल सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

मानसिक अस्पताल लगनखेल, ललितपुर

आत्महत्या रोकथाम हटलाइन सेवा - ११६६

आत्महत्या रोकथाम तथा नियन्त्रण कार्यक्रम

Call center Help राष्ट्रिय आत्महत्या रोकथाम हेल्पलाईन ११६६

स्थापनाः 2020 Sep 90

मुख्य उद्देश्यहरु :
१ टेलिफोनको माध्यमबाट आत्महत्या सम्बन्धी जोखिम भएका व्यत्तिहरुलाई परामर्श दिने ।
२ आत्महत्याको सोचाइ तथा व्यवहार भएका व्यक्तिहरुलाई उचित सेवा प्रदायक सम्म जोड्‌ने ।
३ जनस्तरमा आत्महत्याको जोखिम तथा न्यूनीकरणबारे जनचेतना जगाउने ।
४. स्वयसेवकहरुलाई आत्महत्या रोकथाम सम्बन्धीको तालीम दिदै, उनीहरुलाई आत्महत्या रोकथामका लागि सन्चालीत helpline 1166 मा काम गर्ने अवसर दिने ।

हाल दिइरहेका सेवाहरु:
१ आत्महत्या सम्बन्धी सोच, व्यवहार, तथा तत्काल जोखिममा भएका व्यत्तिहरुले सम्पर्क गरेमा उनीहरुलाई टेलिफोनको माध्यमबाट परामर्श दिएर जोखिममुक्त बनाइने बाट बाहिर निकालेको ।
२ आत्महत्याको जोखिममा भएका व्यक्तिलाई, प्रथम चरणमा परामर्श गरेर, आवश्यक्ता अनुसार अरु सेवा प्रदायक सम्म जोडेको ।
३ स्कुल क्याम्पसमा गई विद्यार्थीहरु माझ आत्महत्या अभिमुखीकरण कार्यक्रम गरिएको ।
४ आमसंचारको माध्यमबाट आत्महत्या रोकथाम सम्बन्धी जनचेतनाका सन्देश (PSC) जारी गरिएको
५ आत्महत्याको जोखिम‌मा भएको व्यक्तिहरुलाई नियमित रूपमा अनुगमन कल गरिएको । र प्रत्यक्ष रूपमा भेटेर अस्पताल हाताभित्र मनोपरामर्श सेवा प्रदान गरिएको
६ स्वास्थ सेवाका विद्यार्थी हरूलाई हस्पिटल हाताभित्रै आमल्या रोकथाम सम्बन्धी अभिमुखी कार्यक्रम संञ्चालन गरिएको
७ संयम सेवक विद्यार्थीहरुलाई आत्महत्या रोकथाम संग सम्बन्धीत तालिम प्रदान गरेर उनीहरुलाई यस हेल्पलाइन ११६६ मा काम गर्ने अवसर प्रदान गरिएको ।