प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी
NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा तृतीया - १८

अस्पतालको पृष्ठभूमि

नेपालमा मानसिक स्वास्थ्य सेवाको विकासक्रम

  1. वि.सं. २०१९ (१९६२) – नेपालको पहिलो मानसिक रोग विशेषज्ञ डा. विष्णु प्रसाद शर्माको उदय।

  2. वि.सं. २०२० (१९६३) – वीर अस्पतालमा मानसिक स्वास्थ्य इकाइको स्थापना।

  3. वि.सं. २००१ (१९४४) – वीर अस्पतालमा १४ शैयासहित मानसिक रोग विभाग सञ्चालनको सुरुवात।

  4. वि.सं. २०३१ (१९७४) – नेपालको दोस्रो मानसिक रोग विशेषज्ञ डा. देशराज बहादुर कुँवर।

  5. वि.सं. २०४१ (१९८४) – नेपाल सरकारले छुट्टै मानसिक अस्पताल सञ्चालन गर्ने निर्णय।

  6. वि.सं. २०४२ (१९८५) – नेपालमा पहिलो पटक ५० शैयाको मानसिक अस्पताल ललितपुरको लगनखेलमा स्थापना तथा सञ्चालन।

  7. वि.सं. २०४३ (१९८६) – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा मानसिक रोग ओपिडी सेवा सञ्चालन।

  8. वि.सं. २०४४ (१९८७) – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा मानसिक रोग अन्तरङ्ग सेवा सञ्चालन।

  9. वि.सं. २०४७ (१९९०) – नेपाल मनोचिकित्सक सङ्घ (Psychiatrists’ Association of Nepal) को गठन।

  10. वि.सं. २०५१ (१९९४) – मानसिक अस्पताल, लगनखेलमा लागू पदार्थ दुर्व्यसनका लागि मौखिक प्रतिस्थापन उपचार सेवा (Methadone Maintenance Treatment Program) को सुरुवात।

  11. वि.सं. २०५३ (१९९७) – नेपाल सरकारद्वारा मानसिक स्वास्थ्य नीति, २०५३ अवलम्बन।

  12. वि.सं. २०५४ (१९९७) – त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा MD Psychiatry कार्यक्रमको सुरुवात तथा वि.सं. २०५५ (१९९८) मा M.Phil in Clinical Psychology कार्यक्रम सञ्चालन।

  13. वि.सं. २०५७ (२०००) – बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा MD Psychiatry कार्यक्रमको सुरुवात।

  14. वि.सं. २०५९ (२००२) – नेपालमा स्नातक तहको साइकियाट्रिक नर्सिङ कार्यक्रम सुरु; हाल स्नातकोत्तर तहको नर्सिङ शिक्षा पनि नेपालमै उपलब्ध।

  15. वि.सं. २०६४ (२००७) – नेपालको इतिहासमा पहिलो पटक साइकियाट्रिस्ट चिकित्सक डा. निराकारमान श्रेष्ठ स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त।

  16. वि.सं. २०६९ (२०१२) – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र मानसिक अस्पताल, लगनखेलको सहकार्यमा मानसिक अस्पताल लगनखेलमै MD Psychiatry कार्यक्रमको सुरुवात।

  17. वि.सं. २०७७ (२०२०) – राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना स्वीकृत भई कार्यान्वयन।

  18. वि.सं. २०७७ (२०२०) – राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण सम्पन्न।

  19. वि.सं. २०७५ – स्वास्थ्य सेवा विभागअन्तर्गत महामारी तथा रोग नियन्त्रण महाशाखामा नसर्ने तथा मानसिक स्वास्थ्य शाखाको स्थापना।

  20. वि.सं. २०७८ (२०२१) – आत्महत्या रोकथाम हटलाइन ११६६ मानसिक अस्पताल, लगनखेलबाट सञ्चालन।

  21. वि.सं. २०८० (२०२३) – मानसिक अस्पताल, लगनखेलद्वारा पेश गरिएको आत्महत्या रोकथाम हेल्पलाइन सञ्चालन कार्यविधि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत।

  22. वि.सं. २०८० (२०२३) – मानसिक अस्पताल, लगनखेलको आधिकारिक वेबसाइट www.mhl.gov.np निर्माण भई सञ्चालनमा; हाल सूचना प्रविधि विभागको निर्देशनअनुसार नयाँ वेबसाइट निर्माण प्रक्रियामा।

  23. वि.सं. २०७८।०४।०५ – नेपालको इतिहासमा दोस्रो पटक साइकियाट्रिस्ट चिकित्सक डा. रोशन पोखरेल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा नियुक्त भई गत वर्ष सेवा निवृत्त।