वि.सं:
नेपाल संवत: ११४६ चिल्लाथ्व पुन्हि - १५
वि.सं. २०१९ (१९६२) - नेपालको पहिलो मानसिक रोग विशेषज्ञ डा. विष्णु प्रसाद शर्माको उदय।
वि.सं. २०२० (१९६३) - वीर अस्पतालमा मानसिक स्वास्थ्य इकाइको स्थापना।
वि.सं. २००१ (१९४४) - वीर अस्पतालमा १४ शैयासहित मानसिक रोग विभाग सञ्चालनको सुरुवात।
वि.सं. २०३१ (१९७४) - नेपालको दोस्रो मानसिक रोग विशेषज्ञ डा. देशराज बहादुर कुँवर।
वि.सं. २०४१ (१९८४) - नेपाल सरकारले छुट्टै मानसिक अस्पताल सञ्चालन गर्ने निर्णय।
वि.सं. २०४२ (१९८५) - नेपालमा पहिलो पटक ५० शैयाको मानसिक अस्पताल ललितपुरको लगनखेलमा स्थापना तथा सञ्चालन।
वि.सं. २०४३ (१९८६) - त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा मानसिक रोग ओपिडी सेवा सञ्चालन।
वि.सं. २०४४ (१९८७) - त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा मानसिक रोग अन्तरङ्ग सेवा सञ्चालन।
वि.सं. २०४७ (१९९०) - नेपाल मनोचिकित्सक सङ्घ (Psychiatrists" Association of Nepal) को गठन।
वि.सं. २०५१ (१९९४) - मानसिक अस्पताल, लगनखेलमा लागू पदार्थ दुर्व्यसनका लागि मौखिक प्रतिस्थापन उपचार सेवा (Methadone Maintenance Treatment Program) को सुरुवात।
वि.सं. २०५३ (१९९७) - नेपाल सरकारद्वारा मानसिक स्वास्थ्य नीति, २०५३ अवलम्बन।
वि.सं. २०५४ (१९९७) - त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानद्वारा MD Psychiatry कार्यक्रमको सुरुवात तथा वि.सं. २०५५ (१९९८) मा M.Phil in Clinical Psychology कार्यक्रम सञ्चालन।
वि.सं. २०५७ (२०००) - बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा MD Psychiatry कार्यक्रमको सुरुवात।
वि.सं. २०५९ (२००२) - नेपालमा स्नातक तहको साइकियाट्रिक नर्सिङ कार्यक्रम सुरु; हाल स्नातकोत्तर तहको नर्सिङ शिक्षा पनि नेपालमै उपलब्ध।
वि.सं. २०६४ (२००७) - नेपालको इतिहासमा पहिलो पटक साइकियाट्रिस्ट चिकित्सक डा. निराकारमान श्रेष्ठ स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त।
वि.सं. २०६९ (२०१२) - चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र मानसिक अस्पताल, लगनखेलको सहकार्यमा मानसिक अस्पताल लगनखेलमै MD Psychiatry कार्यक्रमको सुरुवात।
वि.सं. २०७७ (२०२०) - राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना स्वीकृत भई कार्यान्वयन।
वि.सं. २०७७ (२०२०) - राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण सम्पन्न।
वि.सं. २०७५ - स्वास्थ्य सेवा विभागअन्तर्गत महामारी तथा रोग नियन्त्रण महाशाखामा नसर्ने तथा मानसिक स्वास्थ्य शाखाको स्थापना।
वि.सं. २०७८ (२०२१) - आत्महत्या रोकथाम हटलाइन ११६६ मानसिक अस्पताल, लगनखेलबाट सञ्चालन।
वि.सं. २०८० (२०२३) - मानसिक अस्पताल, लगनखेलद्वारा पेश गरिएको आत्महत्या रोकथाम हेल्पलाइन सञ्चालन कार्यविधि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत।
वि.सं. २०८० (२०२३) - मानसिक अस्पताल, लगनखेलको आधिकारिक वेबसाइट www.mhl.gov.np निर्माण भई सञ्चालनमा; हाल सूचना प्रविधि विभागको निर्देशनअनुसार नयाँ वेबसाइट निर्माण प्रक्रियामा।
वि.सं. २०७८।०४।०५ - नेपालको इतिहासमा दोस्रो पटक साइकियाट्रिस्ट चिकित्सक डा. रोशन पोखरेल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा नियुक्त भई गत वर्ष सेवा निवृत्त।