NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व द्वादशी - १२

शैक्षिक कार्यक्रम

एम.डी. साइक्याट्री शैक्षिक कार्यक्रम

मानसिक स्वास्थ्यको क्षेत्रमा आवश्यक मनोचिकित्सक लगायतका विभिन्न जनशक्ति उत्पादन गर्ने उद्देश्यअनुरूप चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने संस्थाका रूपमा आवद्ध अन्य संघीय अस्पतालहरूमा झैँ, वि.सं. २०६९ (सन् २०१२) देखि यस मानसिक अस्पतालमा मनोचिकित्सा विषयको स्नातकोत्तर तह (MD in Psychiatry) कार्यक्रम निरन्तर रूपमा सञ्चालन हुँदै आएको छ।

यस कार्यक्रमबाट हालसम्म एक जना विदेशी सहित २० जना विशेषज्ञ मनोचिकित्सक उत्पादन भइसकेका छन्। यसरी उत्पादित जनशक्तिले देशका विभिन्न क्षेत्रमा तथा विदेशमा समेत आफ्नो विज्ञताअनुसार मानसिक स्वास्थ्य सेवा प्रवाह गरिरहेका छन्।

हाल यस कार्यक्रम अन्तर्गत ५ जना आवासीय चिकित्सकहरू अध्ययनरत छन्। यस अस्पतालमा कार्यरत मनोचिकित्सकहरूमध्ये निम्न उल्लेखित ३ जनाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तर्फबाट यस कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी प्राप्त गर्नुभएको छ—

१. डा. देबब्रत जोशी, सह-प्राध्यापक (कार्यक्रम संयोजक)
२. डा. अनन्त प्रसाद अधिकारी, सहायक प्राध्यापक
३. डा. बासुदेव कार्की, सहायक प्राध्यापक

यसै शैक्षिक सत्र (२०८०/०८१) देखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गत साइक्याट्रिक नर्सिङ विषयमा स्नातकोत्तर तह (MN in Psychiatric Nursing) कार्यक्रम समेत सुरु गरिएको छ, जसअन्तर्गत हाल ३ जना आवासीय नर्सहरू अध्ययनरत हुनुहुन्छ।

भविष्यमा मानसिक स्वास्थ्यका लागि आवश्यक अन्य विशिष्टीकृत जनशक्ति—जस्तै क्लिनिकल साइकोलोजिस्ट, साइक्याट्रिक सोसल वर्कर, अक्युपेशनल थेरापिस्ट लगायतका शैक्षिक कार्यक्रमहरू पनि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँगको समन्वयमा सञ्चालनमा ल्याइने योजना रहेको छ।