नेपाल सरकार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

मानसिक अस्पताल लगनखेल, ललितपुर

नेपालमा मानसिक स्वास्थ्य सेवाको विकासक्रम :
1. १९६२ नेपालको पहिलो मानसिक रोग बिशेषज्ञ डा बिस्णु प्रसाद शर्मा
2. १९६३ वीर अस्पतालमा मानसिक स्वास्थ्य इकाइ को स्थापाना
3. १९४४ वीर अस्पतालमा १४ शैया सहितको मानसिक रोग बिभाग सन्चालन सुरुवात
4. १९७४ नेपालको दोश्रो मानसिक रोग बिशेषज्ञ डा देश राज बहादुर कुवर्
5. १९८४ नेपाल सरकार द्वारा छुटै मानसिक अस्पताल सन्चालन गर्ने निर्णय
6. १९८५ नेपालमा पहिलो पल्ट ५० शैयाको मानसिक अस्पताल ललितपुरको लगनखेलमा स्थापना तथा सन्चालन्
7. १९८६ त्रीभुवन विश्व बिध्यालय शिक्षण अस्पताल महाराजगन्जमा मानसिक रोग ओपिडि सेवा सन्चालन
8. १९८७ त्रीभुवन विश्व बिध्यालय शिक्षण अस्पताल महाराजगन्जमा मानसिक रोग अन्तरङ सेवा सन्चालन
9. १९९० नेपाल मनो चिकित्सक सघ (Psychiatrists’ Association of Nepal) को गठन
10. १९९४ मानसिक अस्पताल लगनखेलमा लागु पदार्थ दुर्ब्यासनिकोलागी मौखिक प्रतिस्थापन उपचार सेवा (Methadone Maintenance treatment program) को सुरुवात
11. १९९७ नेपाल सरकारद्वारा मानसिक स्वास्थ्य निती २०५३ अवलम्बन
12. १९९७ त्री.वि.वि चिकित्सा शास्त्र अध्ययन सस्थान द्वारा MD Psychiatry कर्यक्रमको सुरुवात १९९८ मा M Phil in Clinical Psychology समेत सन्चालन शुरु
13. सन २००० मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा MD Psychiatry कर्यक्रमको सुरुवात
14. २००२ मा नेपालमा स्नातक तह साइक्याट्रीक नर्सिङ कार्यक्रम पठन पाठनको सुरुवात तथा हाल स्नातकोत्तर नर्सिङ नेपालमै पड्न पाइने
15. सन २००७ नेपालको इतिहासमा पहिलो पल्ट साइकियाट्रीस्ट चिकित्सकहरुको तर्फबाट डा निराकारमान श्रेस्ठ स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त
16. २०१२ चिकित्सा विज्ञान रास्ट्रीय प्रतिस्ठान र मानसिक अस्पताल लगनखेलको सहकार्यबाट MD Psychiatry कर्यक्रम मानसिक अस्पताल लगनखेलमा सुरुवात
17. २०२० रास्ट्रीय मानसिक स्वास्थ्य रणनिती तथा कार्ययोजना स्विकृत तथा कार्यान्वयन
18. २०२० रास्ट्रीय मानसिक स्वास्थ्य सर्वेक्षण सम्पन्न
19. स्वास्थ्य सेवा विभाग इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत नसर्ने तथा मानसिक स्वास्थ्य शाखा २०७५ सालमा स्थापना
20. २०२१ आत्महत्या रोकथाम हट लाइन ११६६ मानसिक अस्पताल लगानखेल बाट सन्चालन
21. २०२३ मानसिक अस्पताल लगन्खेलबाट पेशभइ आत्महत्या रोकथाम हेल्पलाइन सन्चालन कार्यबिधी नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालयद्वारा स्विकृती प्राप्त
22. २०२३ मानसिक अस्पताल लगनखेलको अफिसियल वेब साइट www.mhl.gov.np निर्माण गरी प्रशारण तथा सन्चालन
23. नेपालको इतिहासमा दोश्रोपल्ट साइकियाट्रीस्ट चिकित्सकहरुको तर्फबाट डा रोशन पोखरेल स्वास्थ्य तथा जनसख्या मन्त्रालयको सचिवमा २०७८ ।०४ ।०५ मा नियुक्त भई हाल बहालवाला रहनु भाएको